संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौं । विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरूले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरू तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरूप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ ।’

देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरू जेलबाट भागेको र तिनीहरूले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिन जोड्दार माग पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =