नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी
२०८२ भदौ २५ गते

काठमाडौँ । चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ ।
नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सुव्यवस्था कायम हुनेमा विश्वास व्यक्त गरेको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले चीन र नेपाल परम्परागत मित्र रहेको बताए ।
उनले नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्ने विश्वास लिएको बताए ।
२०८२ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








