जङ्गी अड्डा पुगेर हर्क साम्पाङले भने–‘प्रधानमन्त्री बन्न तयार छु’

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू देशको प्रधानमन्त्री बन्नका लागि रेडी रहेको बताएका छन् ।

बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार छु ।’

यसै क्रममा, जेनजी युवाहरूको एक समूहले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ राई आफ्ना समर्थकसहित जङ्गी अड्डामा पुगेका थिए ।

युवाहरू बीचको विवादमा, बालेन शाहको नेतृत्व लिन नमानेपछि हर्क साम्पाङले त्यो भूमिका आफैले लिने प्रस्ताव राखेका थिए । यसले जेनजी समुदायमा केही मतभेदको वातावरण सिर्जना गरेको छ ।

तर, केही जेनजी युवाहरूले भने सुशीला कार्कीलाई अहिलेको समयमा अधिक उपयुक्त नेता ठानेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =