प्रतिकूल परिस्थितिका कारण बुद्ध एयरका सम्पूर्ण उडान रद्द

काठमाडौं । देशमा विकसित विषम परिस्थितिका कारण बुद्ध एयरले आजका लागि निर्धारित आफ्ना सम्पूर्ण उडानहरू रद्द गरेको छ । दुई दिनसम्म चलेको आन्दोलनको प्रभावका कारण उडान सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको कम्पनीले जनाएको हो ।

कम्पनीले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति गहिरो खेद व्यक्त गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै भनेको छ, ‘विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरू रद्द गरिएको  छ। यसबाट यात्रुवर्गमा पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । धन्यवाद ।’

नेपालको निजी विमान सेवा कम्पनीहरूमध्ये सबैभन्दा लामो समयदेखि नेपाली आकाशमा उडान भर्दै आएको बुद्ध एयरले आन्तरिक र अन्तर्राष्ट्रिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =