तनहुँका सरकारी कार्यालयमा आगजनी र तोडफोड

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

व्यास नगरपालिका–३ मा रहेका केही सरकारी कार्यालयमा जेनजी युवाले आज तोडफोड र आगजनी गरेका हुन् ।

व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भवन तथा सवारीमा आगजनी र तोडफोड भएको छ । बिहानैदेखि सुरु भएको आन्दोलन साँझसम्म पनि जारी छ ।

प्रदर्शनकारीले व्यास नगरपालिका, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका गाडीहरु जलाएर नष्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =