राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत
२०८२ भदौ २४ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेका हुन् ।
नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








