संसद् विघटनपछि मात्रै वार्ता सम्भव : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशव्यापी रुपमा चर्किएको जनआन्दोलनलाई समर्थन जनाउँदै संसद् विघटनको माग गरेका छन् ।

उनले आन्दोलनरत जेन जेड पुस्ताको पक्षमा उभिँदै अब नेतृत्वको बागडोर सोही पुस्ताले सम्हाल्नुपर्ने समय आएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर शाहले लेखेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं— यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’

देशको जनधनको क्षतिलाई आत्मीय रूपमा जोड्दै उनले संयमता अपनाउन आग्रह गरेका छन् । ‘देशको जनधनको क्षति भनेको तपाईं–हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ,’ उनले भनेका छन्।

उनले अबको नेतृत्व जेनजी पुस्ताले गर्नुपर्ने उल्लेख गर्दै तयारी अवस्थामा रहन आह्वानसमेत गरेका छन् । साथै, सेना प्रमुखसँग वार्ताको सम्भावनाबारे संकेत दिँदै उनले स्पष्ट पारेका छन् ‘याद रहोस्— वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =