तीनपैनीमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु, टिपरमा आगजनी
२०८२ भदौ २३ गते

काठमाडौं । विराटनगर महानगरपालिका–२ तीनपैनीमा टिपरको ठक्करबाट एक जना स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले दुर्घटना गराएको टिपरमा आगजनी गरेका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको हो । उनी को २७ प ८५३४ नम्बरको स्कुटरमा सवार थिए ।
दुर्घटनापछि तीनपैनी क्षेत्रमा स्थिति तनावपूर्ण बनेको थियो । आक्रोशित भीडले टिपरमा आगो लगाउँदा सवारीको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिपर चालक, मोरङ ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








