क्याबिनेट बैठकमा ओलीलाई देउवाको फोन– आजै सामाजिक सञ्जाल खुलाउने निर्णय गर्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलाई सामाजिक संजालमाथि लगाइएको प्रतिवन्ध खुलाउन आग्रह गरेका छन् ।

उनले जारी क्याविनेट बैठकमै प्रधानमन्त्री ओलीलाई फोन गरेर सामाजिक संजाल खुलाउने निर्णय गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देउवाले ओलीलाई फोन गरेर सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन टेलिफोन गरेको जानकारी दिए । देउवाले आजकै मन्त्रिपरिषदबाट यो निर्णय लिन आग्रह गरेका हुन् ।

यसैबीच, मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा जारी छ । सम्भवतः यही बैठकबाट सामाजिक सञ्जाल खुलाउनेबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

गत बिहीबार सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरोधमा देशभर आन्दोलन चर्किएको छ । काठमाडौं र अन्य प्रमुख सहरहरूमा जेनजीले आयोजना गरेको विरोध प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =