जेनजीको प्रदर्शन अराजक बनेपछि सेनाको नियन्त्रणमा संसद भवन

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेनाको नियन्त्रणमा आएको छ ।

आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिए पछि संसद भवन सुरक्षाका लागि नेपाली सेनाले नियन्त्रण लिएको हो ।

सुरक्षाका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ ।

सोमबार दिउँसो ‘जेनजी’ नामले परिचित युवाहरूले नयाँ बानेश्वर क्षेत्रका सडकमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 13 =