जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । नयाँबानेश्वरमा जेनजीको आह्वानमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

सिभिल अस्पताल, नयाँबानेश्वरमा उपचाररत ती घाइतेको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । अस्पतालका निर्देशक डा. मोहन रेग्मीका अनुसार मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको छ । प्रदर्शनमा घाइते भएका ७० देखि ८० जना उपचाररत छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप तनाव सिर्जना हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =