जेन–जीको आन्दोलनलाई प्रचण्डको समर्थन, भने– ‘प्रदर्शन स्वाभाविक’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजी युवाले गर्न लागेको आन्दोलन स्वाभाविक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत रहेको भन्दै प्रचण्डले युवाहरूको प्रदर्शन स्वाभाविक रहेको बताएका हुन् ।
उनले सरकारले भ्रष्टाचार गरिरहेको बताएका छन् । ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ,’ उनले लेखेका छन् ।
अध्यक्ष प्रचण्डले युवाहरूको प्रदर्शनमाथि बल प्रयोग गर्ने धृष्टता नगर्न सरकारलाई चेतावनी पनि दिएका छन् ।
उनले भ्रष्टाचारका विरुद्ध आफ्नो आन्दोलन जारी रहेको उल्लेख गरेका छन् । ‘प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ’ प्रचण्डले भने ।








