खानीखोलाबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
२०८२ भदौ २२ गते

फाइल तस्बिर
काठमाडौँ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको छ ।
स्थानीय ताल्ढुङ्गा स्वास्थ्यचौकीमा भर्ना भएको २४ घण्टासम्म पनि बच्चा जन्माउन नसकेपछि १९ वर्षीया आयुष्मा भ्लोनको आज उद्धार गरिएको हो ।
अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उनको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले जानकारी दिए ।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगिएकामा बच्चा जन्मिएको र आमाको स्वास्थ्य सामान्य रहेको जानकारी आएको उनले बताए ।
यहाँ एक साताअघि मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको थियो ।
२०८२ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








