पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमै गर्न एमाले नेताहरूको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आईतवार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरुले सो कुरामा जोड दिएका हुन् ।

वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश नेताहरुले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भईसकेकाहरुलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यसैगरी उनीहरुले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन, पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको उनले बताए ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नु भएको संगठनात्मक प्रश्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरुले आफ्नो सुझाव प्रश्तुत गरिसकेका छन ।

अध्यक्ष ओलीले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सो महाधिवेशन समापन हुने पनि प्रचार विभाग प्रमुख गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =