गोठाटारमा ट्रकको ठक्करबाट गोरखाकी महिलाको मृत्यु
२०८२ भदौ २२ गते

फाइल फाेटाे
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा ५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट शनिबार पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०८२ भदौ २२ गते
प्रतिक्रिया








