हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्बिरहरू)
२०८२ भदौ २० गते

काठमाडौँ । इन्द्रजात्राको दोस्रो दिन, आज काठमाडौँको हनुमानढोका दरबार परिसरमा पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको छ । बाल कन्यालाई कुमारी पूजा गराइ प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बच्न सकिने जनविश्वास रहीआएको छ ।
कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने समेत विश्वास रहँदै आएको छ । विगतका वर्षहरू देखि विश्व हिन्दु महासंघको आयोजनामा हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राको दोस्रो दिन कुमारी पूजा हुँदै आएको छ ।
विधिवत् पूजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मूलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पूजा समापन गरिन्छ ।

२०८२ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








