अफगानिस्तानी भूकम्पपीडितको पीडामा वर्षाले थप दुःख

एजेन्सी । पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्थालाई सहनु परेको बताएका छन् ।

भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उनि र उनिजस्तै हजारौँ नागरिकको पीडामा यही समयमा आएको बर्षाले नुनचुक छर्ने काम गरेको छ ।

पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौँ गाउलेहरूले आफ्नो गाउँलाई ‘सरकार र सहायता समूहले बिर्सेको’ बताएका छन् ।

“पानी परिरहेको छ र पनि हामीलाई खुला ठाउँमा बस्नुको विकल्प छोडिएको छैन,” आफ्नो गाउँ शेल्टको भग्नावशेषबाट टाढा परिवारसँग मकैबारीमा सुतेका उहाँले एएफपीसँग भने ।

तालिवान सत्तामा आउनुभन्दा पहिले पाकिस्तानबाट आउने र जाने लडाकुहरूका लागि तस्करी मार्ग र करिडोरका रूपमा चिनिने यी उपत्यकाका पहाडमा माटोका घरहरू थिए । ती बासस्थान एकाधबाहेक सबै भग्नावशेषमा परिणत भएका छन् । नभत्किएका घरहरू पनि भूकम्पका कारण चर्केर बस्न योग्य छैनन् ।

आइतबार राति ६.० म्याग्नीच्यूडको भूकम्प जाँदा ती घरहरु ठूलो मात्रामा ध्वस्त भएका थिए ।

वनका लागि प्रसिद्ध कुनार प्रान्त भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ । यो भूकम्प देशको इतिहासमा सबैभन्दा घातकमध्येको एक थियो ।

आइतबारको भूकम्पका कारण अहिलेसम्म दुई हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ भने कैयौँ अझै सम्पर्कबिहीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =