अमेरिकाबाट निष्कासित १९ नेपाली काठमाडौं आइपुगे
२०८२ भदौ १९ गते

फाइल तस्बिर
काठमाडौँ । अमेरिकाबाट निष्कासनमा परेका १९ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
ओम्नी एयरलायन्सको चार्टर्ड विमानमार्फत उनीहरू बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनीहरूलाई अमेरिका प्रवेशका क्रममा अवैधानिक पाइएको र त्यसपछि अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आवश्यक अनुसन्धानपछि नेपाली दूतावाससँग समन्वय गरी ट्राभल डकुमेन्ट तयार पारेर उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो ।
निष्कासनमा परेका १९ जनामध्ये १७ जना पुरुष र २ जना महिला रहेका छन् । अमेरिकामा आप्रवासनसम्बन्धी कानुन कडा बनाइएपछि अवैधानिक आप्रवासीहरूलाई निष्कासन गरिएको छ ।
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








