यी हुन् नेपालमा बन्द हुन लागेका चर्चित सामाजिक संजाल

काठमाडौं । नेपाल सरकारले देशमा दर्ता नगरिकन सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अबदेखि नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न पाइने छैन । सरकारको सूचीमा फेसबुकदेखि युट्युबसम्मका चर्चित सामाजिक सञ्जालहरू परेका छन् ।

सरकारले हालसम्म दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल तत्काल बन्द गर्न लागिएको जनाएको छ। तीमध्ये प्रमुख नामहरू यस्ता छन्ः

  • फेसबुक
  • एक्स
  • ह्वाट्सएप
  • म्यासेन्जर
  • इन्स्टाग्राम
  • युट्युब
  • लिङ्कडइन
  • इमो
  • स्न्यापच्याट
  • विच्याट लगायत ।

अब यी प्लेटफर्महरू नेपालमा सेवा सञ्चालन गर्न चाहन्छन् भने सरकारले तोकेको प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्नेछ । नत्र, इन्टरनेट सेवा प्रदायकहरूमार्फत ती सेवाहरू अवरुद्ध गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =