बिहीवारबाट विधिवत रुपमा इन्द्रजात्रा प्रारम्भ हुने

काठमाडौं । गुठी संस्थानले बिहीवार (भदौ १९ गते) बाट काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा प्रारम्भ हुने बताएको छ ।

संस्थानले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार विहान १०ः३१ बजे गुठी संस्थानबाट पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि सहरमा विधिवत रुपमा ईन्द्र जात्राको प्रारम्भ हुने जानकारी दिएको हो ।

संस्थानकाअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ । सो पश्चात २६ गते बेलुका १०ः३२ बजे ईन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ । ईन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा शुरु गरिएको थियो । सो दिन बेलुका वृक्षकर्तन गरेर ईन्द्रजात्राको लिङ्गो बनाइएको थियो ।

उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराईएको गुठी संस्थानले जानकारी दिएको छ ।

इन्द्रजात्राको लिङ्गो (योसी) ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरुको जिम्मेवारी हुनेछ भने इन्द्रजात्रामा सम्पादन गरिने कार्यको सम्पूर्ण व्यवस्थापन तथा नेतृत्व गुठी संस्थानले गर्दै आएको छ ।

इन्द्रजात्राको संदर्भमा देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘ईन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरुको विजय भएपछि ईन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसङ्ग पाईन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =