बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छ : सांसद तामाङ
२०८२ भदौ १८ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले बजेट विनियोजन गर्ने समयमा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको टिप्पणी गरेकी हुन् ।
उनले कर्णाली क्षेत्रका सडकलगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको कुरा आफूहरु उठाउँदै आएको भएपनि सरकारले सुन्न नचाहेको बताइन् ।
उनले प्रधानमन्त्री ओलीले कर्णालीको विकासबारे अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आपत्ति जनाइन् । प्रधानमन्त्री सदनको बैठकमा नियमित उपस्थित रहनुपर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।
२०८२ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








