कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार । आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरो गएसँगै आज बेलुकी ६ः०० बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोखिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =