साधना प्रधान संघर्षको प्रतिक : उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले साधना प्रधान संघर्षको प्रतिक भएको बताएकी छन् ।

अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले साधना प्रधानलाई संघर्षको, सम्मान र निरन्तरताको प्रतिकको रुपमा लिनुपर्ने बताएकी हुन् ।

साधना प्रधानले राणा शासनको विरुद्धमा महिलाहरूको लागि शिक्षा, मताधिकार, लोकतन्त्रको लागी निरन्तर संघर्ष गरेको उपाध्यक्ष शाक्यले बताइन् ।

उनले प्रधान लगायतका महिला नेतृहरूको कारण देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको बताइन् । उनले हाल निरङ्कुशता, एकात्मक शासन व्यवस्था नरहेको पनि बताइन् । उनले निरन्तर संर्घष गरिरहे समाजवादको लक्ष्यमा पनि एकदिन पुग्ने दाबी गरिन् ।

उनले भनिन्, ‘साहना दिदिले के भन्नुभयो भन्दाखेरी आन्दोलन गर्न सडकमा महिलाहरू नउत्रिने बेलामा अब घर फर्किने स्थिति छैन । त्यसैले भनेर एउटा सारी लगाएर अर्को सारी पटुकी बाँधेर बाहिर सडकमा निस्केको । सुन्दाखेरी नी अनौठो लाग्छ अहिले, तर त्यो बेला त्यस्तै थियो । त्यसरी संघर्ष गरेर राणा शासनको विरुद्ध आवाज उठाउँदै मताधिकारको लागी, शिक्षाको लागी, लोकतन्त्रको लागि, प्रजातन्त्र भन्थ्यो त्यो बेला । प्रजातन्त्रको लागि जुन महिलाले आँट गर्नुभयो, संघर्ष गर्नुभयो । निरन्तर लाग्नुभयो । त्यो प्राप्तिले गर्दाखेरी आज हामी यो ठाउँमा आइपुगेका छौँ । अहिले हामी खुला राजनीतिमा आइपुगेका छौँ । संघिय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । अव निरङकुशता छैन । अब एकात्मक शासन व्यवस्था छैन । त्यसैले अहिले हामीले लक्ष्य बोकेका छौँ, समाजवादको । हिजो समाजवादमा एक दिन पुग्छौँ है भनेर भनेको कुरा आज साँच्चिकै हामीले संविधानमा समाजवादको लक्ष्य हामीले लेखेका र्छौँ । त्यसो भएको हुनाले उहाँहरूलाई हामीले संघर्षको प्रतिक, सम्मानको प्रतिक, निरन्तरताको प्रतिकको रुपमा लिनुपर्छ ।’

उनले साधना प्रधान जस्तै राजनीतिमा निरन्तरता दिन महिलाहरूलाई आग्रह गरिन् ।

नेकपा (माओवादी केन्द्र) की नेतृ शशी श्रेष्ठले महिलाहरूको साझा आन्दोलनको अहिलेको उपलब्धि हासिल भएको बताइन् । उनले हाल पाएको उपलब्धीलाई रक्षा गर्दै थप अधिकारको लागी संघर्ष गर्नुपर्नेमा जोड दिइन् । नत्र अहिले पाएको उपलब्धि पनि खोसिन सक्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘हामी सधैभरी हाम्रा साझा सवालमा एकताबद्ध भएर लागेको कारणले गर्दाखेरी आजको यो उपलब्धि हो । यो संविधान हो । हाम्रो चाहीँ साझा आन्दोलनको कारणले गर्दाखेरी पाएको हो ।’

काठमाडौँ महानगपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले साधना प्रधान राणा शासनको समयमा महिलालाई मताधिकार दिनुपर्छ भनेर पद्य शमशेरसँग भन्न जाने शाहस रहेको महिला भएको बताए ।

अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एवं प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा मंगलवार पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =