झाँगड उराँव समुदायद्वारा कोशी प्रदेशका मुख्यमन्त्री कार्की सम्मानित

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झाँगड उराँव समुदायले आज विराटनगरमा सम्मान गरेको छ ।

कोशी प्रदेश सरकारले गत वर्षदेखि झाँगड उराँव समुदायले मनाउँदै आएको करम पूजा पर्वलाई सार्वजनिक बिदा दिने निर्णय गरेकोप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल झाँगड उराँव युवा मोर्चाले मुख्यमन्त्री कार्यालयमा आएर सम्मानपत्र हस्तान्तरण गरेको हो ।

सो अवसरमा झाँगड उराँव समुदायका अगुवा छेविलाल उराँव र युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मान गरेका थिए। झाँगड उराँव जाति लोपोन्मुख समुदायमा पर्ने र मुख्यतया मोरङ, सुनसरी, झापा लगायतका कोशी प्रदेशका जिल्लामा बसोबास गर्ने समुदाय हो ।

सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले उक्त समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले प्रतिबद्धता जनाएको बताए ।

विसं २०७८ को जनगणनाअनुसार नेपालभर झण्डै ४१ हजार झाँगड उराँव समुदायका व्यक्ति बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =