टुँडिखेलमा भव्य रूपमा मनाइयो गौरापर्व, देउडामा रमाए सुदूरपश्चिमका बासिन्दा

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाइएको छ ।

हरेक वर्षजस्तै आईतवार सुदूरपश्चिम तथा कर्णालीबाट काठमाडौं आएर बसोवास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन् ।

उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्दै रमाइलो गरेका छन् । साथै महिलाहरूले सुदूरपश्चिमको सांस्कृति रुपमा परम्परागत पोशाक लगाएर देउडा नाचेका छन् ।

परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्वले सुदूरपश्चिम प्रदेशको विशिष्ठ पहिचानका रुपमा परिचित छ । गौरा पर्वको ऐतिहासिक एवं पौराणिक महत्व बोकेको छ ।

मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरा पर्व शुरुशुरुमा सुदूरपश्चिममा मात्र मनाइने भए पनि पछिल्लो समय काठमाडौंमासमेत विशेष रुपमा मनाउन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =