पहिरोले पुरिएर एक जनाको मृत्यु
२०८२ भदौ १५ गते

फाइल फाेटाे
रुकुम पश्चिम । जिल्लाको मुसिकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ ।
आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।
उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।
२०८२ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








