भक्तपुरमा बाढीले बगाउँदा ९ वर्षीया बालिकाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित शाखापुरी बल्बी खोलामा आएको बाढीले एक बालिकाको ज्यान गएको छ ।

काभ्रेपलाञ्चोकको नैचालकी ९ वर्षीया रसमु तामाङको खोलाले बगाउँदा मृत्यु भएको हो । रसमु दिदी सङ्गीता तामाङसँगै भैंसी चराउन गएकी थिइन् । खोलो तर्दै गर्दा आएको बाढीले उनलाई बगाएको बताइएको छ ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको हो ।

उद्धारका लागि रणशेर ब्यारेकस्थित नेपाली सेनाको टोली र प्रहरी वृत्त जगातीको टोली परिचालन गरिएको थियो ।

मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा खोलानाला अचानक बढ्ने क्रम बढिरहेका बेला बालबालिकालाई सचेत रहन स्थानीय निकायले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =