चितवनमा गैँडाको आक्रमणबाट ६३ वर्षीय वृद्धको मृत्यु

नवलपुर । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ ।

राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, मृत्यु हुनेमा ६३ वर्षीय खेमबहादुर सुनार रहेका छन् । उनी आज बिहान घाँस काट्न जंगल गएका बेला गैँडाले आक्रमण गरेपछि गम्भीर घाइते भएका थिए ।

घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ। घटना चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्छ ।

निकुञ्ज प्रशासनले वन क्षेत्रमा घाँस दाउरा लिन जाँदा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

संरक्षित क्षेत्रसँगको निकटताका कारण स्थानीयवासीले पटक–पटक यस प्रकारको जोखिम बेहोर्नु परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =