सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एक जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थलमा डाइभर्ट भएको छ ।

बुद्ध एयरका अनुसार उडान नम्बर १३७ रहेको ‘एटीआर ७२–५००’ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेपनि गन्तव्यमा खराब मौसमका कारण नेपालगञ्जमा सुरक्षित अवतरण गरिएको हो ।

७२ सिट क्षमताको उक्त जहाजमा रहेका सबै यात्रु सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।

कम्पनीले मौसम अनुकूल भएलगत्तै वैकल्पिक व्यवस्था गरी यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =