पशुपतिमा एक महिला मृत अवस्थामा फेला
२०८२ भदौ १२ गते

काठमाडौं । काठमाडौंको पशुपतिमा बिहीबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
महानगरपालिका–८ स्थित पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्षको हाराहारीमा देखिने महिलाको शव फेला परेको हो ।
महिलाको परिचय खुल्न नसकेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । परिचय नखुलेपछि घटनाबारे थप अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार महिलाको मृत्युको कारण खुल्न बाँकी छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








