महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन
२०८२ भदौ ११ गते

राजविराज । सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज निधन भएको छ ।
महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उहाँ क्यान्सर रोगबाट पीडित थिए ।
चिकित्सकको निगरानीमा उपचाररत रहनुभएका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।
यसैबीच यादवकको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।
प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमासमेत उहाँले सक्रिय सहभागिता जनाउनु भएको थियो । उहाँका एक छोरा, एक छोरी र पत्नी छन् ।
२०८२ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








