स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा

काठमाडौँ । स्थानीय तहमा निर्वाचित ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा परेका छन् । महिलाको सुकर्मलाई सञ्चार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘शी लिड्स आइकन’ कार्यक्रमअन्तर्गत दोस्रो संस्करणका लागि ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भएका हुन् ।

कल्प इम्पावर वुमन नेपालको महिलाको राजनीतिमा सहभागिता प्रवद्र्धन परियोजनाअन्तर्गत आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न पहिलो संस्करणपश्चात् दोस्रो संस्करणका रूपमा अगाडि बढाइएको हो ।

आयोजक संस्थाका अनुसार यसपटक देशभरबाट १३१ आवेदन प्राप्त भएमध्ये १११ आवेदन औपचारिक रूपमा स्वीकृत भएका थिए । निर्णायक मण्डलमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड रणनीतिज्ञ चारु चड्डा तथा लैङ्गिकता विशेषज्ञ सरु जोशी रहेका थिए । छनोटमा स्थानीय तहका सात प्रमुख÷अध्यक्ष र २४ उपप्रमुख÷उपाध्यक्ष रहेका छन् ।

समितिले मूल्याङ्कनपछि कोशी प्रदेशबाट प्रमिला राई (भोजपुर), विपना कुलुङ (सोलुखुम्बु), विष्णुकुमारी लिम्बु (इलाम) र सविता राई (सोलुखुम्बु) रहेका छन् । यस्तै, मधेस प्रदेशबाट विद्या देवी भुजेल (धनुषा), कल्पना कुमारी कटुवाल (सर्लाही), गीता चौधरी (सप्तरी), गोकुलीकुमारी रेग्मी (पर्सा) र रिनाकुमारी साह (रौतहट) हुन् ।

बागमती प्रदेशबाट सिता माया गुरुङ (धादिङ), गायत्री आचार्य (दोलखा), मिठुदेवी लामा (सिन्धुपाल्चोक), मीना कुमारी लामा (मकवानपुर), बालकुमारी कार्की (रामेछाप), गण्डकी प्रदेशबाट हिरादेवी शर्मा (पर्वत), भागवती रेग्मी अर्याल (स्याङ्जा), पद्यमा गुरुङ (लमजुङ) र चन्द्रकला अधिकारी (कास्की) छनोट भएका छन् ।

लुम्बिनी प्रदेशबाट विनाकुमारी भट्टराई (बर्दिया), हुमाकुमारी डिसी (दाङ), निरमाया तरामु (गुल्मी) र मिना थापा (रोल्पा), कर्णाली प्रदेशबाट देविका कुमारी सिंह (जाजरकोट), मोहनमाया ढकाल भण्डारी (सुर्खेत), धर्मकला शाही (कालिकोट) र सीता जैसी (जाजरकोट) रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट जमुनाकुमारी बोहरा (डोटी), सुशीला शाही (कैलाली), ज्ञानुकुमारी सेटी देउवा (डडेल्धुरा), डोल्मा तामाङ (बझाङ), लक्ष्मी धामी रोकाया (डोटी) छन् ।

आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाले छनोटमा परेका ३१ महिला जनप्रतिनिधिलाई आगामी भदौ १६ गते एकदिने तालिम र भदौ १७ गते सञ्चारकर्मीसँग अन्तरक्रिया र उनीहरूको कामलाई सार्वजनिक गर्न कथा, अन्तर्वार्ता तथा डकुमेन्ट्रीमार्फत प्रवद्र्धन गर्ने योजना रहेकोे जानकारी दिए ।

यस्तै, पुस १८ देखि २० गतेसम्म काठमाडौँमा ‘महिला जनप्रतिनिधि उत्सव’ आयोजना गरिने र पुस २२ गते अवार्ड समारोहमार्फत ३१ मध्ये सात जनालाई ‘शी लिड्स आइकन २०२५’ घोषणा गरिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =