प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

काठमाडौं । पोखरा, प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (Owner) र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल बिच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =