बढेर प्रतितोला १ लाख ९९ हजार पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य एक लाख ९८ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य १५ रुयैयाँले घटेर तोलामा २ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा २ हजार ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =