हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरण अस्वीकार

एजेन्सी । हिज्बुल्लाह नेता शेख नइम कासेमले लेबनानी सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्ने आह्वानलाई अस्वीकार गरेका छन् । लेबनानको सार्वभौमसत्ता र रक्षाको लागि यसका हतियारहरू आवश्यक रहेकोमा जोड दिए ।

हिज्बुल्लाहको निःशस्त्रीकरणमा लेबनानी सरकारको हालैको मागलाई अस्वीकार गर्दै कासेमले यसलाई अमेरिकी र इजरायली आदेश अन्तर्गत गरिएको अवैध निर्णयको संज्ञा दिए ।

हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्नाले इजरायलको हित मात्र पूरा हुने र हालैका द्वन्द्वहरूमा मारिएका हजारौं लडाकु र नागरिकहरूको बलिदानलाई धोका दिने बताए ।

२००६ देखि इजरायललाई लेबनानी क्षेत्रमा अगाडि बढ्नबाट रोक्नको लागि लेबनानी सेना र जनतासँगै हिज्बुल्लाहलाई श्रेय दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =