त्रिभुवन विमानस्थलकोआन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन गरिएको छ ।

विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीपाण्डेले उक्त आवागमन कक्षले विमानस्थलकोभिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले विमानस्थलको भीडनियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको लागि छुट्टै आन्तरिकआवागमनको व्यवस्था गर्नुपर्ने पनि बताए ।

उनले संवैधानिक निकाय, प्रशासनिकक्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक–फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थितहुने उनको विश्वास छ ।

मन्त्री पाण्डेले अन्तरराष्ट्रिय आवागमनको कक्षमा जस्तै आन्तरिकआवागमन कक्षमा समेत सिआईपीको व्यवस्था गर्न समेत सरोकारवाला निकायहरुलाई आग्रह गरे ।

विमानस्थलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रुपमा सुधारका कामहरु गर्दै जानेप्रथिवद्धता समेत व्यक्त गरे ।

यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी सेवा दिने गरिएको थियो । अब ठूलो ठाउँबाट भीआईपी सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =