राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ मा तय
२०८२ भदौ ९ गते

फाइल तस्बिर
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन भदौ ११ गते बुधबार बिहान हुने तय भएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ (१) अनुसार निर्वाचन मिति तोकिएको संसद सचिवालयले जनाएको छ ।
सोमबार महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सूचनामा निर्वाचनको समय निर्धारण गरिएको र सबै सांसदलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।
सभापति पद खाली हुँदा समितिको सञ्चालनमा असर नपरोस् भनेर निर्वाचन तयारी भइरहेको प्रतिनिधि सभा सचिवालयले जनाएका छन् ।
२०८२ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








