माइतीघरमा उखु उत्पादक महासंघको आन्दोलन (तस्बिरहरु)

काठमाडौँ । उखु उत्पादक महासंघ नेपालले आजदेखि माइतीघर मण्डलामा आन्दोलन सुरु गरेको छ ।

आर्थिक वर्ष २०७८/०८१ को उखु बिक्री बक्यौता भुक्तानी माग गर्दै आजदेखि आन्दोलन सुरु गरेको हो ।

महासंघले सरकारले प्रतिबद्धता जनाएअनुसार प्रति क्विन्टल रु ७० को दरले अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने माग राखेको छ ।

आन्दोलनको सुरुआत गर्दै महासंघका प्रतिनिधिहरूले सरकारले पटक–पटक आश्वासन दिए पनि उखु किसानहरूलाई अझै पनि भुक्तानी नदिएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =