आईएमई लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

कर्पोरेट कार्यालय, शाखा कार्यालय तथा व्यवस्थापन समूहका कर्मचारीबीच आयोजित प्रतियोगिता कम्पनीको नाराअनुसार ‘खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने उद्देश्यका साथ सम्पन्न गरिएको हो ।

कम्पनीका विभिन्न विभाग र शाखाबाट सहभागी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताको उद्देश्य कार्यस्थलमा आपसी समन्वय, टीमवर्क, स्वस्थ प्रतिस्पर्धा र ऊर्जा थप्नु रहेको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा शीर्ष गोलकर्तालाई पुरस्कार प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत  पवनकुमार खड्काले खेलकुदको महत्वबारे प्रकाश पार्दै भने ‘खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई यसले टिम भावना, आत्मविश्वास र शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत मजबुत बनाउँछ ।’

आईएमई लाइफले कर्मचारीहरूको सशक्तिकरण, स्वास्थ्य र समावेशी सहभागितालाई प्राथमिकता दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =