पाकिस्तानमा कारखानामा आगलागी हुँदा ५ जनाको मृत्यु
२०८२ भदौ ८ गते

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक पटाका कारखानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
३४ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालका अधिकारीहरूले स्थानीय मिडियालाई बताएअनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पाँच जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।
प्रहरीले पटाका बनाउन प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरिएको कारखानाको गोदाममा सर्ट सर्किट भएर आगलागी भएको बताएको छ र जसबाट ठूलो विस्फोट भएको र नजिकैका भवन र सवारी साधनमा व्यापक क्षति पुगेको छ । घटनाको अनुसन्धान गर्न समिति गठन गरिएको प्रहरीले जनाएको छ ।
२०८२ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








