काठमाडौँको धापासीमा पहिरो जाँदा सडक अवरुद्ध, विद्युत् आपूर्ति बन्द

काठमाडौँ । शुक्रवारको अविरल वर्षाका कारण काठमाडौँको धापासीस्थित टोखामा पहिरो गएको छ ।

अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो ।

पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा शुक्रवारबाटै विद्युत् आपूर्ति बन्द भएको छ ।

पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ । स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताउँछन् ।

वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको बताए । स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खाल माथि लगाएका कारण पहिरो गएको हुनसक्ने आङ्कलन गरे ।

पर्खालको जग राम्रोसँग नखनेको उनको आरोप छ ।

स्थानीयहरूले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =