भियतनामका उपराष्ट्रपति सुआन नेपाल आइपुगिन्

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपाल आइपुगेकी छन् ।

उनी तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेकी हुन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उनलाई नेपाल भ्रमणका निमन्त्रणा दिएका थिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपाल भ्रमण सकेर उपराष्ट्रपति सुआन भ्रमण यही भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =