एनआईसी एसिया बैंकका ग्राहकहरूलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा।लि। र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले Consultant OPD/Emergency OPD, General Bed per Day (Hospital Admit), Cabin Per Day (Hospital Admit), ICU Bed Per Day, NICU Bed Per Day, Post-Operative Room Per Day, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy, Medicine जस्ता सेवाहरूमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =