रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार साँझ नख्खु कारागार जाने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले प्रचण्ड आज साँझ ६ बजे नख्खु कारागार पुग्ने जानकारी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने यसअघि रूपन्देही कारागारमा थुनामा थिए ।  गत शनिबार उनलाई काठमाडौं ल्याएर नख्खु कारागारमा राखिएको हो ।

सहकारी मुद्दामा लामिछानेमाथि थुनछेक बहसपछि अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =