माओवादीको निष्कर्षः सरकार अधिनायकवादतर्फ गयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम,कारबाहीबारे संक्षिप्त जानकारी गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताए । सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको बताए । बैठक बुधवार १ बजे पुनः बस्ने पनि बताए । ‘अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन्’ उनले भने ।

सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको आरोप लगाए । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको उनले आरोप लगाए ।

प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको जिकिर गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =