ब्रिटिस एजुकेसन ग्रुपद्वारा बीएससी डाटा साइन्स कार्यक्रमको शुभारम्भ

काठमाडौँ । नेपाल – ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय (Keele University) सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स)  डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।

काठमाडौँको होटल मेरियटमा आयोजित एक समारोहमा यस कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेसाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात ब्रिटिस एजुकेसन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका थिए ।

सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिस कलेजको आधिकारिक एआई रोबोट रोज ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा डाटा साइन्सको महत्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा Dolma Fund Management का सिइओ टिम गोचर OBE DL, गूगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख जोन बी। पार्क, मनीष झा, र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन प्रमुख अतिथि थिए ।

राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्त्व दिँदै नेपाल र विश्व पुँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू पहिलो हुने र शिक्षा नै त्यस पुलको आधारभूत पूर्वाधार भएको विश्वास व्यक्त गरे ।

ब्रिटिस एजुकेसन ग्रुपका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिस कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गरे ।

यो बीएससी (अन्स) डाटासाइन्सकार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशा प्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको जनाइएको छ। यस कार्यक्रमको लक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन रहेको बताइएको छ ।

आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिस कलेज वा ब्रिटिस इन्टरनेशनल कलेजमा सम्पर्क गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =