पदबाट हटाउने तयारी भइरहँदा अमेरिकामा छिन् उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना हाल अमेरिका भ्रमणमा छिन् । सचिवालयका अनुसार उनी साउन ३० गते अमेरिका प्रस्थान गरेकी हुन् ।

राना यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । सचिवालयले भ्रमणलाई व्यक्तिगत भएको जनाएको छ ।

तर राना विदेशमा रहँदै गर्दा देशमा उनलाई पदबाट हटाउने गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदमुक्त गराउन हस्ताक्षर संकलनको प्रक्रिया अघि बढाएका छन् । स्रोतका अनुसार प्रमुख दुई दलबीच यो विषयमा छलफल भइरहे पनि अन्तिम निर्णय भने भइनसकेको बताइएको छ ।

उपसभामुख रानामाथि अमेरिकी भिसाका लागि आफ्नो लेटरप्याड प्रयोग गरी पत्र पठाएको आरोप लागेको छ । उक्त चिठ्ठी प्रयोग गरेर अन्य व्यक्तिलाई अमेरिका लैजाने प्रयत्न गरिएको भनिएको छ ।

यसअघि पनि उनलाई हटाउने प्रयास भएको थियो, तर विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =