घुससहित पक्राउ परेका पोखराका न्यायिक समितिको सदस्य श्रेष्ठमाथि आरोपपत्र दायर
२०८२ भदौ २ गते

काठमाडौँ । कास्की, पोखरा महानगरपालिका न्यायिक समितिको सदस्य भावना श्रेष्ठमाथि आरोप पत्र दायर गरिएको छ ।
आज विशेष अदालत काठमाडौँमा श्रेष्ठमाथि आरोप पत्र दायर गरिएको हो ।
बाटोको विवाद निर्णय गर्दा रविन कुमार श्रेष्ठले आफ्नो पक्षमा पार्नको लागि उनलाई रु २ लाख घुस दिएको थियो ।
श्रेष्ठले पोखरा महानगरपालिकाको न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकास सम्बन्धी विवादमा निवेदक रविन कुमार श्रेष्ठको पक्षमा निर्णय गर्न गराउनको लागि उनीसँग रु २ लाख लिएको पुष्टि भयो ।
त्यसकारण श्रेष्ठलाई जरिवाना सजाय गरी लिइसकेको घुस जफत हुन माग दाबी गरिएको छ।
साथै निवेदक श्रेष्ठलाई पनि बिगो दुई लाख रुपैयाँ कायम गरी कैद र जरिवाना सजायको माग गरिएको छ ।
२०८२ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








