दिव्या रायमाझीलाई बनिन् कजरियाको ब्रान्ड एम्बेसडर

काठमाडौँ । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले शुक्रवार काठमाडौँमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसरमा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको घोषणा गरेको छ ।

कजरिया रमेश टाइल्स लि।का निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा उक्त घोषणा गरे ।

कार्यक्रममा उनले दिव्या रायमाझी नै किन उपयुक्त छिन् भन्ने कुरा साझा गर्दै भने, ‘दिव्याले हाम्रो ब्रान्डका मूल मूल्यहरू , युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्छिन्। उनको जोसिलो र आकर्षक व्यक्तित्व हाम्रो नयाँ सोच, शैली र गुणस्तरसँग मेल खान्छ। उनी मनोरञ्जन क्षेत्रमा अघि बढ्दैछिन्, र उनको यात्राले हाम्रो उत्कृष्टता र नेतृत्वको प्रतिबद्धता झल्काउँछ।’

दिव्या रायमाझी, जो आफ्नो मनमोहक अभिनय र आकर्षक उपस्थितिका लागि परिचित छिन्, अब काजरिया रमेश टाइल्स लिमिटेडको आगामी अभियानहरूमा ब्रान्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्ने छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =