इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प

काठमाडौं । इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आईतवार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ ।

मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले जकार्ता समय बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो ।

पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महशुस गरिएको थियो । जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =